त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘भिजिटर पास’ बन्द

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि ‘भिजिटर पास’ सेवा बन्द गरिएको छ ।

यात्रुहरुलाई पुर्‍याउन जाने आफन्त तथा परिवारजनको संख्या अत्यधिक बढेर यात्रुहरुलाई नै बाधा हुन लागेपछि पास बन्द गरिएको हो ।

भिजिटर पास लिनेको भीडले विदेशीने यात्रुलाई विमानस्थलभित्र प्रवेश गर्न, चेकइन काउन्टरमा पुग्न, जहाजसम्म जान ढिलाई हुने लगायतका समस्या देखीएपछि उडानमै असर पर्न नदिन यो निर्णय गरिएको विमानस्थल प्रशासनले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *