कीर्तिपुरमा मेयर पदको मतगणना सुरु, कसले मार्ला बाजी ?

काठमाडौं । कीर्तिपुरमा मेयर पदको  मतगणना सुरु भएको छ ।

निर्वाचन अधिकृत इन्दिरा कार्कीका अनुसार मतगणना राति १० बजेबाट वडा नं १ को मतपेटिका खाेलेसँगै मत गणना सुरु भएकाे हाे ।

सर्वदलीय बैठकपछि सुरु भएको मतगणनामा पहिलो चरणमा बाघभैरव मन्दिर परिसरमा रहेको प्रमुख पदको क, ख र ग तीनवटा मतपेटिकाको गणना भइरहेको छ।

मतगणनाका लागि सुरक्षाको विशेष व्यवस्था गरिएको छ । सबै राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थिति रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *