काठमाडौ । बाणिज्य बैंक, विकास बैंक र पूर्वाधार बैंकहरुले परिवर्त्य विदेशी मुद्रामा अन्तर बैंक कारोबार गर्न पाउँने भएका छन् । नेपाल राष्ट्र बैंकले विदेशी विनिमय सम्बन्धी एकिृकत परिपत्र संसोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।
इजाजतपत्रप्राप्त वाणिज्य बैंक, राष्ट्रिय स्तरका विकास बैंक र पूर्वाधार विकास बैंकले परिवत्र्य विदेशी मुद्रामा अन्तर–बैंक कारोबार/सापटी गर्न सक्नेछ । त्यस्तो कारोबारको अधिकतम अवधि ७ दिनसम्म हुनेछ । यसअघि यो व्यवस्था थिएन ।
यस्तै वाणिज्य बैंकहरुलाई विदेशी वित्तीय संस्थाको मात्रै ऋण व्यवस्थापक एजेन्सीको रुपमा काम गर्न सक्ने व्यवस्था गरेको छ ।सम्बन्धित देशको सरकार वा केन्द्रीय बैंक वा अन्य नियामक निकायबाट कर्जा प्रवाह गर्न स्वीकृति प्राप्त वित्तीय संस्थाले नेपालमा गरेको ऋणीको व्यवस्थापनको रुपमा वाणिज्य बैंकले काम गर्न सक्नेछन् ।
नेपालका विभिन्न फर्म, कम्पनी, संस्था, उद्योग, वा परियोजनाहरूमा ऋण प्रवाह गर्दा त्यस्तो ऋणको सुरक्षणको लागि वाािणज्य बैंकले विदेशी ऋणदाताको तर्फबाट चलरअचल सम्पत्ति धितो लिन र सावाँ(ब्याज असुली तथा डिफल्ट भएका ऋणीहरूको धितो लिलामी सम्मका प्रक्रिया पूरा गर्ने एजेन्टको रुपमा काम गर्न सक्नेछन् । यस अघि वित्तीय संस्था मात्रै भनेर नतोकी ऋणदाताको पनि एजेन्टको रुपमा काम गर्न सक्ने व्यवस्था थियो ।







