दराज ८.८ सेल्स क्याम्पेनमा भिभोको धमाकेदार डिल्स

काठमाडौं । ‘महाबचत बजार’को अपार सफलतापछि अग्रणी स्मार्टफोन ब्राण्ड भिभोले नेपालको सबैभन्दा ठूलो ई–कमर्स प्लेटफर्म दराजसँग सहकार्य गर्दै दराज ८.८ सेल्स क्याम्पेन ल्याएको छ ।

यो क्याम्पेन साउन २३ देखि २९ गतेसम्म संचालन हुनेछ । जसअन्तर्गत ग्राहकहरूले बम्पर छुट, एक्सक्लुसिभ डिल्स र रोमाञ्चक फ्ल्यास सेल्सको भरपूर फाइदा लिन सक्नेछन् ।

भर्खर सम्पन्न महाबचत बजार अभियानमा भिभोले पहिलो सातामै सयौं युनिट बिक्री गर्दै नेपाली बजारमा आफ्नो मजबुत उपस्थिति देखाएको थियो । यही उपभोक्ता भरोसालाई निरन्तरता दिँदै भिभोले दराजसँग सहकार्य गर्दै ८.८ क्याम्पेनमार्फत स्मार्टफोन प्रेमीहरूका लागि उत्कृष्ट डिल्स र अफरहरू प्रस्तुत गरेको छ ।

जहाँ ग्राहकहरूले प्रत्येक फ्ल्यागशिप भिभो एक्स २०० प्रोको खरिदमा रु. ४,००० बराबरको भिभो बड्स उपहार स्वरुप निःशुल्क प्राप्त गर्नेछन् । यस उत्साहलाई थप गर्दै श्रावण २३ गते राती १२ बजे हुने विशेष फ्ल्यास सेलमा भिभो वाई १९एस प्रो मात्र रु ८,८८८ को विशेष मूल्यमा सीमित समयका लागि उपलब्ध हुनेछ । साथै, ग्राहकहरूले दराजमा सिधै डिस्काउन्ट भाउचरहरू रिडिम गरेर पनि थप बचत गर्न सक्नेछन् ।

भिभो नेपालका ब्राण्ड म्यानेजर दिपेश खनालले भन्छन्, “यो क्याम्पेन अघिल्लो अफर छुटाउनु भएका ग्राहकहरूका लागि दोस्रो अवसर हो । भिभोले सधैं प्रयोगकर्ताको आवश्यकता र रुचिलाई ध्यानमा राख्दै, देशभरका ग्राहकलाई लक्षित गरी अफरहरू ल्याउने प्रयास गर्दै आएको छ ।”

भिभोको यो डिजिटल पहल र दराजसँगको रणनीतिक सहकार्यले नेपाली अनलाइन बजारमा यसको उपस्थितिलाई अझ सशक्त बनाउँदै लगेको छ । घरमै बसी सहज रूपमा स्मार्टफोन खरिद गर्न सकिने यो अभियानले ग्राहकलाई बजेटमै स्मार्टफोन अपग्रेड गर्ने सुनौलो मौका प्रदान गर्दछ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *