काठमाडौं । नबिल इन्भेष्टेमन्ट क्यापिटलले ‘एनआई ३१ ‘ निष्काशनमा ल्याउन लागेको छ। क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १५ करोड रुपैयाँ बराबरको १ करोड ५० लाख इकाई बिक्रीमा ल्याउन लागेको हो।
निष्काशन गरिने कुल इकाईको १५ प्रतिशत अर्थात् ३ करोड ७५ लाख रुपैयाँबराबरको ३७ लाख ५० हजार इकाई योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ्गलाई सुरक्षित गरी बाँकी रहेको १ करोड १२ लाख इकाई सर्वसाधरणलाई बिक्री गर्न लागेको क्यापिटलले जनाएको छ। सो योजनाको इकाईका खरिदका लागि साउन ३० गतेदेखि भदौ ३ गतेसम्म न्यूनतम १०० इकाई र अधिकतममा २५ लाख इकाईसम्म आवेदन दिन सकिनेछ।
तोकिएको समयमा पर्याप्त आवेदन नपरेमा भदौ १३ गतेसम्म आवेदन म्याद थप गर्न सकिने तथा बिक्री खुला भएको निवेदन दिने अवधि तथा बोर्डबाट थप भएको अवधि भित्र कम्तीमा ५० प्रतिशत अर्थात ७५ लाख इकाई खरिद गर्न निवेदन प्राप्त भएमा इकाईको बाँडफाँट गर्न सकिने बताईएको छ।
यस योजनाको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन्। योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।







