माबिलुङ इनर्जीको आईपीओ साउन २६ देखि खुल्ने, क-कसले दिन पाउँछन् आवेदन ?

काठमाडौं । माबिलुङ इनर्जीले सर्वसाधारणका लागि साउन २६ देखि प्राथमिक सेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि अंकित मूल्य १ सयका दरले कुल १८ लाख ९० हजार ५३० कित्ता सेयर सर्वसाधारण समूहमा निष्कासन गर्न लागेको हो ।

जुन जारी पूँजीको ४८.९९ प्रतिशत हो । वैदेशिक रोजगारमा रहेका, आयोजना प्रभावित तथा सामुहिक लगानी कोषलाई छुट्याएपछि बाँकी रहेको १२ लाख ४८ हजार ९०४ कित्ता सेयर सर्वसाधारणमा निष्कासन गरिएको हो ।

सर्वसाधारणले न्यूनतम १० तथा अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । बिक्री प्रवन्धक लक्ष्मी सनराइज क्यापिटल रहेको छ । साउन २९ गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीले संखुवासभा जिल्लामा माथिल्लो पिलुवाखोला– ३ मा ४.९५ मेगावाट क्षमताको आयोजना बनाएको छ । जसको प्रतिमेगावाट लागत २२ करोड ९५ लाख रुपैयाँ रहेको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *