विद्या भण्डारी पक्षका ३ जनालाई एमालेले सोध्यो स्पष्टीकरण

काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पक्षमा उभिएका नेकपा एमालेका थप तीन जना नेता–कार्यकर्तामाथि पार्टीले स्पष्टीकरण सोधेको छ।

एमाले निकट नेपाल खेलकुद महासंघले स्थायी कमिटी सदस्यसहित तीन जनाविरुद्ध अनुशासन प्रक्रिया अघि बढाउने निर्णय गरेको हो।

पार्टी स्थायी कमिटी सदस्य तथा केन्द्रीय सदस्यहरू हरिवंश कडरिया, कमलमणि गौतम र हरि बर्तौलालाई स्पष्टीकरण सोधिएको स्रोतले जनाएको छ। यसका साथै उनीहरूमाथि सामाजिक सञ्जालमा पार्टीबारे अराजक र अनुशासनहीन अभिव्यक्ति दिएको आरोपसमेत लगाइएको छ।

यसअघि पनि पार्टीले भण्डारीको पक्षमा खुलेर सार्वजनिक रूपमा अभिव्यक्ति दिने युवा संघलगायत विभिन्न भ्रातृ संगठनका नेता तथा कार्यकर्ताहरूमाथि स्पष्टीकरण सोधि कारबाही समेत गरिसकेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *