काठमाडौं। बङ्गालका एक युवा क्रिकेटर प्रियोजीत घोषको असामहिक निधन भएको छ। २२ वर्षीय युवा क्रिकेट घोषको जिम सत्रका क्रममा अचानक ह्रदयघातका कारण निधन भएको हो।
बंगालका उदाउँदा क्रिकेट प्रतिभा प्रियोजीत घोषको जिम सत्रको क्रममा हृदयघात भएर निधन भएको भारतीय सञ्चारमाध्यामले जनाएका छन्।
बिरभूम जिल्लाको बोलपुर निवासी प्रियोजीत घोष उदयिमान क्रिकेटर थिए। राष्ट्रिय टिममा पर्ने लक्ष्यसहित उनले रणजी ट्रफीमा बङ्गालको तर्फबाट प्रतिस्पर्धा गर्ने गर्थे। त्यसपछि राष्ट्रिय टिममा स्थान बनाउने उनको लक्ष्य रहेको थियो।
उनी सन् २०१८-१९ मा क्रिकट एशोसिएसन अफ बङ्गाल (सिएबी)द्वारा आयोजित अन्तर-जिल्ला यू-१६ क्रिकेट प्रतियोगितामा उनी सबैभन्दा धेरै रन बनाउने खेलाडी बनेका थिए। सो सफलताको सम्मानस्वरूप सीएबीद्वारा उनलाई समान गरिएको थियो।
प्रियोजीत फिट रहने उद्देश्यले हरेक विहान जस्तै शुक्रबारपनि बोलपुरको मिशन कम्पाउण्ड क्षेत्रमा रहेको जिम गएका थिए। व्यायामकै क्रममा उनी अचानक अस्वस्थ भए र हृदयघातका कारण ज्यान गुमाए।






