काठमाडाैं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत आयोजना निरीक्षण गर्दै परियोजना उत्पादन तयारी अवस्थामा राख्न निर्देशन दिएका छन् ।
निर्देशक शाक्यले आयोजना अन्तर्गतको ७.२ किलोमिटरको सुरूङमा पानी चुहिने नचुहिने सुनिश्चित गर्न निर्देशन दिएका छन् ।
यसका साथै पावरहाउस लगायतका सबै पूर्वधारहरू भोटेकोशीमा आउन सक्ने बाढीबाट प्रभावित नहुने गरी आवश्यक व्यवस्थ गर्न समेत निर्देशन दिए । उनले पावर हाउस तथा अन्य संरचनाहरूलाई बाढीबाट जोगाउने गरी तयार गर्न निर्देशन दिए ।
आयोजनाले वार्षिक ५४ करोड २२ लाख युनिट विद्युत उत्पादन गर्ने लक्ष्य राखेको छ । आयोजना निर्माणको काम केही महिना अघि नै सम्पन्न भए पनि प्रसारण लाइनको टुंगो नलागेका कारण उत्पादन सुरू भएको थिएन ।
सुरूमा बाह्रविसे–लप्सिफेदी प्रसारण लाइनबाट विद्युत प्रणालीमा जोडने लक्ष्य भए पनि स्थानीयहरूसँग सहमति हुन नसके पनि लामोसाँघुतर्फ बाट ल्याउने प्रयास भएको थियो ।
त्यहाँ समेत सम्भव नभपछि प्राधिकरणकै स्वामित्वमा रहेका न्यू खिम्ती ४०० केभी सबस्टेशन हुँदै ढल्केवर प्रसारणलाइनमार्फत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडन लागिएको हो ।





