अमेरिकाको नयाँ ट्यारिफ नीति: पाकिस्तानलाई १९ प्रतिशत कर, अन्य दक्षिण एसियाली देशलाई कति ?

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण एसियालगायत दर्जनौं देशमाथि नयाँ भन्सार कर लगाउने घोषणा गरेका छन्।

व्यापार सन्तुलन सुधार गर्ने उद्देश्यसहित आएको यो निर्णय शुक्रबार ह्वाइट हाउसले सार्वजनिक गरेको हो।

ट्रम्पको कार्यकारी आदेशअनुसार पाकिस्तानमाथि १९%, बंगलादेश र श्रीलंकामाथि २०%, र भारतमाथि २५% कर लगाइएको छ। यी दरहरूमध्ये भारतमाथिको कर सबैभन्दा बढी हो।

यसैबीच, क्यानडामाथि ३५ प्रतिशत कर शुक्रबारदेखि नै लागू भइसकेको छ भने बाँकी ७० भन्दा बढी देशहरूमाथिको नयाँ कर दर अगस्ट ७ देखि लागू हुने बताइएको छ।

ट्रम्प प्रशासनले व्यापार सम्झौताको समयसीमा सकिनु केही घण्टा अगाडि नै यो निर्णय सार्वजनिक गरेको हो।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *