सुजुकीको ‘मनसुन फ्री सर्भिस क्याम्प’ साउन १८ देखि २० सम्म

काठमाडाैं । नेपालको लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता तथा सीजी होल्डिङग्सको अटोमोबाइल डिभिजन सीजी मोटोकर्पले यही साउन १८ देखि २० गतेसम्म ‘मनसुन फ्री सर्भिस क्याम्प’को आयोजना गर्ने भएको छ ।

लगातार परिरहेको वर्षाका कारण सवारी साधनहरूमा विविध प्रकारका समस्या देखिन सक्ने सम्भावना रहन्छ। यदि यस्ता समस्यामा समयमै ध्यान नदिइयो भने गाडीमा दीर्घकालीन असर पर्न सक्ने सम्भावना रहेको कम्पनीले जनाएको छ । सुजुकीले आफ्नो ग्राहकको सुरक्षालाई प्राथमिकता दिँदै एक विशेष मनसुन सर्भिस क्याम्प सञ्चालन गर्न लागेको छ।

यस क्याम्पमार्फत ग्राहकहरूलाई आफ्ना गाडीको निःशुल्क जाँच, विशेष छुटसहितको मर्मत सेवा, र विशेषज्ञ द्वारा मौसमको प्रकोपलाई कसरी कम गर्न सकिन्छ भनेर सल्लाह पनि उपलब्ध गराइनेछ। कम्पनीले सबै सुजुकी ग्राहकहरूलाई यो अवसरको लाभ लिन र वर्षायाममा आफ्नो सवारीलाई उत्तम अवस्थामा राख्न आग्रह पनि गरेको छ।

सर्भिस क्याम्प अवधिभर सुजुकीका ग्राहकले आफ्नो गाडीको सर्भिसमा आकर्षक छुट र अन्य अफर पाउनुका साथै ३ जना भाग्यमानी ग्राहकहरुले आकर्षक सर्भिस प्याकेज पनि जित्न सक्नेछन् ।

सर्भिस क्याम्पमा ग्राहकले निःशुल्क एसी÷ हिटर चेक, ब्याट्री चेक र ओभरअल चेकअपको सुविधा पाउनेछन् । त्यसैगरी, एसडीटी डायग्नोसिस र ह्विल एलाइनमेन्टमा ५० प्रतिशतसम्मको छुट पाउनेछन् भने लेवर चार्जमा २० प्रतिशतसम्मको छुट र स्पेयर पार्टस् र इन्जिन आयलमा १० प्रतिशतसम्मको छुट पाउनेछन् ।

सुजुकीको ‘मनसुन फ्री सर्भिस क्याम्प’ नेपालभरीका सबै सुजुकी सर्भिस सेन्टरमा हुनेछ । ५४ सर्भिस आउटलेट रहेको सुजुकीसँग नेपालकै ठूलो सर्भिस सञ्जाल छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *