अनलाइन ट्रेडिङ सिस्टमको Support र Maintenance को लागि ठेक्का लगाउँदै नेप्से

नेप्सेले अगस्त १७ तारिखको दिउँसो १२ बजेसम्ममा आशयपत्र पेश गर्न भनेको छ। कम्पनीका मुख्य एक्स्पर्टको योग्यता, कम्पनीको अनुभव र कम्पनीको क्षमाताको आधारमा आशयपत्रको मुल्यांकन हुने छ। जसमा कम्पनीका मुख्य एक्स्पर्टको योग्यताआई ४० प्रतिशत, कम्पनीको अनुभवलाई ४० प्रतिशत र कम्पनीको क्षमतालाई १० प्रतिशत अंकभार दिईने छ।

आशयपत्र छनौट हुनको लागि कम्तिमा ६० प्रतिशत अंक ल्याउनु पर्ने नेप्सेले जनाएको छ ।

आशयपत्र छनौट भएका मध्ये उत्कृष्ट ६ कम्पनीसंग नेप्सेले प्राविधिक र आर्थिक प्रस्ताव पेश गर्नेछ। ति मध्येबाट नेप्सेले एउटा कम्पनीलाई नेप्से अनलाइन ट्रेडिङ सिस्टमको Support र Maintenance को जिम्मा दिने जनाएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *