मन्त्री हेरफेरबारे छलफल गर्न कांग्रेस–एमालेका शीर्ष नेता बालुवाटारमा

काठमाडौं । मन्त्री हेरफेर र सरकारको पुनर्संरचनाबारे छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा एमाले र नेपाली कांग्रेसका शीर्ष नेता भेला भएका छन्।

बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक र एमाले उपाध्यक्ष विष्णु पौडेल तथा उपमहासचिव विष्णु रिमाल सहभागी छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले बजेटपछि मन्त्री फेर्ने तयारी गरेका भए पनि कांग्रेसको निर्णय नआउँदा प्रक्रिया रोकिएको थियो।

कांग्रेसले हालका मन्त्रीलाई निरन्तरता दिन सक्ने संकेत गरेको छ। यदि देउवाले मन्त्री नफेर्ने अडान राखे, भने एमालेभित्रका कमजोर मन्त्रीहरू फेर्न ओलीलाई बाटो खुल्नेछ।

स्रोतका अनुसार अर्थमन्त्री विष्णु पौडेल, शिक्षामन्त्री रघुजी पन्त र मन्त्री भगवती न्यौपानेबाहेकका मन्त्री परिवर्तन हुन सक्नेछन्।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *