शेयर बजारमा दोहोरो अंकको गिरावट, २६ अर्ब ५७ करोड माथिको शेयर कारोबार

काठमाडौं । आज साताको पहिलो दिन शेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक १८.४४ अंकले घटेर २९६४.२० को विन्दुमा बन्द भएको छ ।

आज ३२३ कम्पनीको शेयर किनबेच हुँदा २६ अर्ब ५७ करोड माथिको शेयर कारोबार भएको छ । आज ६३ कम्पनीको शेयर मूल्य बढेको छ भने १८६ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १ अर्ब २ करोडमाथिको शेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको ८८ करोड ९० लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको ८५ करोड २ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै समता घरेलु लघुवित्त वित्तीय संस्था र ट्रेड टावरका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । सान्भी इनर्जीका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले कमाएका छन् । लुम्बिनी विकास बैंकका लगानीकर्ताले ८.४७ प्रतिशतका दरले कमाएका छन् ।

आज सबेभन्दा धेरै नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानकिर्ताले ६.३४ प्रतिशतका दरले गुमाएका छन् ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *