७ दिनभित्र हाजिर नभए २२ प्रहरी सेवाबाट हटाइने

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले लामो समयदेखि सम्पर्कविहीन र गैरहाजिर रहेका २२ प्रहरी कर्मचारीहरूलाई सात दिनभित्र हाजिर हुन आउन अन्तिम मौका दिएको छ।

प्रहरी महानिरीक्षकको सचिवालय, कानुन शाखाले आज सार्वजनिक सूचना जारी गर्दै तोकिएको म्यादभित्र सन्तोषजनक स्पष्टीकरणसहित उपस्थित नभए सेवाबाट हटाउने चेतावनी दिएको हो।

उनीहरूको खोजतलास गर्दा र प्रहरी नियमावली, २०७१ को नियम ११५ बमोजिमको प्रक्रिया पूरा गरी सूचना टाँस गर्दा पनि कार्यालयको सम्पर्कमा नआएकोले सात दिनभित्र आफू गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफ सहित यस कार्यालय वा सूचना जारी गर्ने कार्यालयमा हाजिर हुन सूचनामार्फत निर्देशन दिइएको हो ।

तोकिएको म्यादभित्र पनि उपस्थित नहुने कर्मचारीलाई प्रहरी नियमावली बमोजिम सेवाबाट हटाउने कारबाही अगाडि बढाइने व्यहोरासमेत सूचनामा उल्लेख छ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *