दरमखोला हाईड्रो इनर्जीको आईपीओ बिक्री खुला, क–कसले दिन पाउँछन् आवेदन ?

काठमाडौं । दरमखोला हाईड्रो इनर्जी लिमिटेडले पहिलो चरणमा आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ बिक्री गरेसँगै दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ खुला गरेको छ।

कम्पनीले नेपाल धितोपत्र बार्डबाट प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँका दरले जम्मा ३९ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको हो।

जसमध्ये पहिलो चरणमा आयोजना प्रभावितलाई १० लाख ३० हजार ५०० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई २ लाख ९१ हजार १५० कित्ता आईपीओ निष्कासन गरिसकेको छ।

अब कम्पनीले बाँकी शेयरमध्ये १ लाख ४५ हजार ९७५ कित्ता आईपीओ सामूहिक लगानी कोषलाई र ५८ हजार ३९० कित्ता आईपीओ कम्पनीमा कार्यरत कर्मचारीलाई सुरक्षित गरी बाँकी बसेको २४ लाख २३ हजार १८५ कित्ता आईपीओ आम सर्वसाधारणमा निष्कासन गरेको हो।

यसमा आवेदन दिंदा कम्तीमा १० कित्ताका लागि दिनुपर्नेछ भने बढीमा ५० हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ। आवेदन यही साउन १५ गतेदेखि १९ गतेसम्म दिन सकिनेछ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *