सिद्धार्थ बैंकको ऋणपत्र बाँडफाँड

काठमाडाैं । सिद्धार्थ बैंक लिमिटेडको ऋणपत्र बाँडफाँड भएको छ । बैंकले गत असार २९ गतेदेखि ३२ गतेसम्म जारी गरेको २ अर्ब ५० करोड रुपैयाँबराबरको ‘ एसबीएल डिबेञ्चर २०९१’ नामक ऋणपत्र बाँडफाँड भएको हो ।

उक्त ऋणपत्र साउन ७ गते ऋणपत्र बाँडफाँड गरिएको हो । कुल निष्कासनमध्ये ४० प्रतिशत अर्थात १० लाख कित्ता सर्वसाधारणलाई र बाँकी ६० प्रतिशत अर्थात १५ लाख कित्ता व्यक्तिगत तबरबाट बिक्री गरिएको थियो । सार्वजनिक निष्कासनमध्ये ५ प्रतिशत अर्थात ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्टाइएको थियो ।

बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *