वाणिज्य विभागको बजार अनुगमन: दुई फर्मलाई साढे ३ लाख जरिवाना, ८ फर्मलाई निर्देशन

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता संरक्षण ऐन विपरीत कारोबार गरेको आरोपमा दुई फर्ममाथि साढे तीन लाख रुपैयाँ जरिवाना गरेको छ।

मंगलबार काठमाडौंका विभिन्न स्थानमा गरिएको बजार अनुगमनका क्रममा गुणस्तर, नापतौल र लेबलिङसम्बन्धी उल्लंघन पाएपछि विभागले कारबाही गरेको हो।

यसमध्ये वस्तुमा रिलेवलिङ गरेको तथा गुणस्तर,नापतौल हेरफेर गरेको पाइएपछि काठमाडौँ–३२ मा रहेको सुभाष ट्रेडर्स प्रालिलाई ३ लाख रुपैयाँ जरिबाना गरेको छ । साथै उक्त फर्मलाई वस्तुको बिक्री वितरणमा रोक लगाई व्यवसायसँग सम्बन्धित कागजातसहित ३ दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ ।

त्यसैगरी, काठमाडौँ–२८ मा रहेको द लोटस इन्टरनेशनल एजुकेशन फाउण्डेशन प्रालिले इजाजत नलिई सञ्चालन गरेको पाइएपछि ५० हजार रुपैयाँ जरिवाना गरिएको छ ।

साथै ३ वटा फर्मलाई व्यवसायसँग सम्बन्धित कागजात लिएर विभागमा उपस्थित हुन र ५ वटा फर्मलाई सामान्य निर्देशन दिइएको छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *