एक वर्षमा करिब १४ सय किलो सुन आयात, लागत १७ अर्ब रुपैयाँ

काठमाडौं । गत आर्थिक वर्ष २०८१/८२ मा नेपालमा वैधानिक माध्यमबाट झन्डै १ हजार ४ सय किलो सुन आयात भएको छ ।

भन्सार विभागका अनुसार यस आवमा १३ लाख ८९ हजार ५ सय १६ ग्राम सुन आयात भएको हो । जसको लागत १७ अर्ब १२ करोड ८९ लाख ५० हजार रुपैयाँ बराबर छ ।

सुन आयातका माध्यमबाट सरकारले १ अर्ब ८५ करोड ६८ लाख ६० हजार बराबर राजस्व संकलन गरेको भन्सार विभागको तथ्यांक छ ।

यस वर्ष १८ खर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *