काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू पछि हट्ने अवस्था नरहेको बताएकी छन् ।
राजनीतिक रिपोर्टरहरुसँग भंगालमा पूर्वराष्ट्रपति भण्डारीले खुट्टा कमाउने स्थितिमा नरहेको बताएकी हुन् । ‘म अघि बढिसके, खुट्टा कमाउदिनँ’, उनले भनिन् ।
उनले आफू राजनीतिमा फर्किँदैमा कसैलाई डराउनु नपर्ने उल्लेख गर्दै भनिन्, “मेरो सक्रियताबाट भयभीत हुनुको कुनै कारण छैन। तर मेरो पक्षमा बोलेका व्यक्तिहरूलाई धम्क्याउने, डर देखाउने प्रयास भइरहेको छ । यस्तो कार्य तुरुन्त बन्द गरिनुपर्छ।”
पूर्वराष्ट्रपतिले नेकपा एमालेको राजनीतिमा फर्कने निर्णयसँग सम्बन्धित छलफलको लामो प्रक्रिया भएको बताउँदै आगामी दिनमा यसबारे स्पष्ट निर्णय सार्वजनिक हुने संकेतसमेत दिइन् । पार्टीसँगको सम्बन्ध, योगदान र राजनीतिक पृष्ठभूमिलाई स्मरण गर्दै उनले आफू कुनै दबाबमा नभइ आत्मविश्वासपूर्वक अघि बढिरहेको बताइन्।






