नेपालमा २ हजार ३ सय विदेशीले श्रम स्वीकृति लिए

काठमाडौं । हाल नेपालमा ७४ देशका २,३०० विदेशी नागरिकले श्रम स्वीकृति लिई बसोबास गरिरहेका छन्। श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका अनुसार आर्थिक वर्ष २०८१/८२ मा ७०० जनाले नयाँ श्रम इजाजत लिएका छन् भने १,६०० जनाले नवीकरण गरेका हुन्।

भारत, चीन, अमेरिका लगायतका देशका नागरिक पूर्वाधार निर्माण र व्यवसायजन्य क्षेत्रमा काम गर्दै छन्। विदेशी कामदारलाई दक्ष प्राविधिक नहुने अवस्थामा मात्र अनुमति दिने व्यवस्था श्रम ऐनमा गरिएको छ। विशिष्ट पदका लागि एक पटकमा १ वर्ष र बढीमा १२ वर्षसम्म श्रम स्वीकृति दिन सकिने प्रावधान छ।

श्रम विभागले हालसम्म २२ हजारभन्दा बढी विदेशीलाई श्रम इजाजत दिएको भए पनि हाल बसोबास गरिरहेका २,३०० मात्र रेकर्डमा छन्।

नेपालमा ५२ नयाँ श्रमिक आपूर्तिकर्ता कम्पनी दर्ता भएका छन् भने ४२० कम्पनी गत आर्थिक वर्षमा नवीकरण भएका छन्।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *