काठमाडौं । आज शेयर बजार भारी अंकले बढेको छ । नेप्से परिसूचक ८०.७९ अंकले बढेर २९७३.७० को विन्दुमा बन्द भएको छ ।
आज ३१९ कम्पनीको शेयर किनबेच हुँदा २० अर्ब ८ करोड माथिको शेयर कारोबार भएको छ । आज २३६ कम्पनीको शेयर भाउ बढेको छ भने १४ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ७१ करोड ८८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ६८ करोड ८३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन इन्स्योरेन्सको ५६ करोड माथिको शेयर कारोबार भएको छ । बुटवल पावर कम्पनीको ५१ करोड ६७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै ट्रेड टावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानकिर्ताले १० प्रतिशतका दरले कमाएका छन् । शिवम् सिमेन्टका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् । सान्भी इनर्जीका लगानीकर्ताले लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् । उन्नती सहकार्य लघुवित्तका लगानकिर्ताले ९.९० प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै एलबिबिएल डिबेञ्चरका इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ३.९४ प्रतिशतका दरले गुमाएका हुन् ।






