प्रेमीको हत्या गरेकी जुलीको सनसनीपूर्ण बयान : ‘म सँग दुई विकल्प मात्र थिए, कि आफू मर्ने कि मार्ने’

काठमाडौँ । महोत्तरीका बिमलेश यादवको हत्या आरोपमा २१ वर्षीया जुली झा पक्राउ परेकी छन्। प्रहरीलाई दिएको बयानमा उनले बिमलेशले शारीरिक सम्बन्धको भिडियो बनाएर ब्ल्याकमेल गर्दै आएको दाबी गरेकी छन्।

‘आत्महत्या वा हत्या’को विकल्पमा आफूले हत्या रोजेको बताएकी जुलीले बिमलेशलाई गेष्टहाउसमा तरकारी काट्ने चक्कु प्रहार गरेको स्वीकार गरेकी छन्। गम्भीर घाइते बिमलेशको जनकपुरमा उपचारको क्रममा मृत्यु भएको थियो। घटनाको सीसीटीभी फुटेज र अनुसन्धानका आधारमा प्रहरीले जुलीविरुद्ध कर्तव्य ज्यान अभियोगमा म्याद थप गरेर अनुसन्धान गरिरहेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *