विद्युत प्राधिकरणद्धारा निजी-साझेदारीमा चार ठूला प्रसारण लाइन निर्माण गर्न आशयपत्र आह्वान

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलमा चार उच्च भोल्टेज प्रसारण लाइन निर्माणका लागि निजी क्षेत्रबाट आशय पत्र आह्वान गरेको छ । प्राधिकरणले देशको प्रसारण प्रणाली सुदृढीकरण गर्ने उद्देश्यले पीपीपी मोडेलमा प्रसारण लाइन निर्माणका लागि निजी क्षेत्रबाट आशय पत्र आह्वान गरेको हो ।

प्राधिकरणको व्यवसाय विकास निर्देशनालयले आइतबार एक सूचना प्रकाशित गर्दै इच्छुक निजी कम्पनीहरूलाई वार्षिक आवश्यक राजस्वमा आधारित प्रतिस्पर्धात्मक प्रक्रियामा सहभागी हुन आग्रह गरेको हो।

‘निर्माण, स्वामित्व, सञ्चालन र हस्तान्तरण’ मोडेलमा बन्ने यी प्रसारण लाइनहरूको कुल लम्बाइ ३२२ किलोमिटर रहेको छ भने अनुमानित लागत करिब ३२० मिलियन अमेरिकी डलर (४२ अर्ब रुपैयाँभन्दा बढी) हुने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले न्यु खिम्ती–ढल्केबर ४०० केभीको ८० किलोमिटर लामो प्रसारण लाइन निर्माण गर्न लागेको छ । उक्त आयोजना निर्माणका लागि अनुमानित लागत ८० मिलियन अमेरिकी डलर (११ अर्ब ५ करोड) रहेको छ ।

लप्सिफेदी–तीनपिप्ले २२० केभी प्रसारण लाइन ३० किलोमिटर लामो जसको अनुमानित लागत १ करोड ८० लाख डलर (१ अर्ब ४८ करोड रुपैयाँ) लागत अनुमान गरिएको छ। तिङ्ला–दूधकासी–ढल्केबर ४०० केभी प्रसारण लाइन ११८ किलोमिटर लामो लागत करिब १४ करोड २० लाख अमेरिकी डलर (करिब १९ अर्ब ६१ करोड ५८ लाख) अनुमानित लागत छ ।

त्यस्तै, अरुण(हब)–इनरुवाः ४०० केभी प्रसारण लाइन ९४ किलोमिटर लामो जसको अनुमानित लागत ८० मिलियन अमेरिकी डलर नै छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *