काठमाडौं । सोमबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेर १ लाख ९३ हजार ७ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार छापावाल सुन १ लाख ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य भने आज हिजोकै मूल्य २२ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।
Artha Sanjal






