काठमाडाैं । गुडविल फाइनान्स लिमिटेडले १ लाख ३६ हजार ३५७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको उक्त संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।
यो सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन पेश गर्न सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र काठमाण्डौको हात्तिसारमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन पेश गर्नु पर्नेछ । आवेदन पेश गर्दा के–कति दरमा खरिद गर्न चाहेको उल्लेख गर्नु पर्ने कम्पनीले जनाएको छ ।
Artha Sanjal






