सिटिजन लाईफको बीमाशुल्क संकलन ७ अर्ब ५१ माथि

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८१–८२ मा ७ अर्ब ५१ करोड रूपैयाँ बीमाशुल्क संकलन गरी ऐतिहासिक सफलता हासिल गरेको छ ।

अघिल्लो आर्थिक वर्ष २०८०।८१ को तुलनामा कुल बीमाशुल्क २०.८३ प्रतिशतले बढेको छ। अघिल्लो आवमा ६ अर्ब २१ करोड ५३ लाख रूपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो। अघिल्लो आवमा कुल बीमाशुल्क आम्दानी जम्मा ५ प्रतिशतले बढेको थियो।

इन्स्योरेन्सले गत आवमा वैदेशिक रोजगारी बीमालेखको बीमाशुल्क समेत २ अर्ब ३८ करोड रूपैयाँ प्रथम बीमाशुल्क आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८०।८१ मा १ अर्ब ९६ करोड रूपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको थियो। प्रथम बीमाशुल्क आम्दानी २१.४२ प्रतिशतले बढेको थियो।

आफ्नो स्थापनाको ८ वर्षको अवधिमा सिटिजन लाइफ इन्स्योरेन्सले हासिल गरेको यो ऐतिहासिक उपलब्धिले बीमा बजारलाई दिशानिर्देश समेत प्रदान गर्ने र आगामी दिनमा बीमा बजारको श्रीवृद्धिमा यसले अतुलनीय भूमिका निर्वाह गर्नेमा आशावादी रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलको भनाई छ ।

नीतिगत र व्यवसायीक रणनीति तथा क्षमतावान् कर्मचारीको शतप्रतिशत कार्यसम्पादनका साथै अभिकर्ताको मिहिनेतले उक्त सफलता हासिल गरेको र कम्पनीले उक्त सफलतालाई सम्पूर्ण कर्मचारी, अभिकर्ता तथा स्टेक होल्डरहरुकै सफलताका रुपमा हेरिएको कम्पनीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *