काठमाडाैं। सान्भि इनर्जी लिमिटेडको शेयर आज स्पेशल प्रि ओपन सेसनमा प्रतिकित्ता ३५९ रुपैयाँमा पहिलो कारोबार भएको छ। कम्पनीको शेयर साउन १ गते नेप्सेमा सूचीकृत भएको थियो।
कम्पनीले सर्वसाधारण शेयरधनीहरुमा वितरण गरेको ३७ लाख ९० हजार कित्ता र कम्पनीका संस्थापक शेयरधनीहरुले लगानी गरेको ५० लाख १० हजार कित्ता शेयर गरी कुल ८८ लाख कित्ता शेयर धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम सूचीकृत भएको हो।
नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि नेप्सेले १२० रुपैयाँ ७४ पैसादेखि ३६२ रुपैयाँ २२ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको थियो। कम्पनीको शेयर एसएएनभीआई टिकरमा कारोबार भएको हो।







