राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा देव कुमार ढकाल नियुक्त

काठमाडौं। नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक देवकुमार ढकाल राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा नियुक्त भएका छन्।

ढकाललाई उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले बैंक सञ्चालक समितिको सदस्यमा नियुक्ति गरे लगतै शुक्रबार बसेको बैंक संचालक समिति बैठकले ढकाललाई अध्यक्ष चयन गरेको हो। ढकाल ४ वर्षका लागि अध्यक्षको जिम्मेवारीमा रहनेछन् ।

ढकालले तीन दशकभन्दा बढी समय राष्ट्र बैंकका महत्वपूर्ण बैंक तथा वित्तीय संस्था नियमन विभाग र बैंक सुपरीवेक्षण विभागमा रहेर काम गरेका छन् ।

उनी लामो समय नेपाल राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारीमा समेत थिए। ढकाल गत मंसिरमा मात्रै ५८ वर्षे उमेर हदका कारण सेवा निवृत्त भएका हुन्। नवनियुक्त अध्यक्ष ढकालले व्यवस्थापन संकायमा स्नातकोत्तर गरेका छन्।

वित्तीय क्षेत्रको नियमन तथा नीतिगत पक्षमा लामो अनुभव भएका अध्यक्ष ढकाल एक कुशल व्यवस्थापक, प्रशासक तथा अपरेशन विज्ञका रुपमा चिनिन्छन् ।

ढकालको नेतृत्वले राष्ट्रिय वाणिज्य बैंकको संस्थागत सुधार एवं प्रणालीको विकासका महत्वपूर्ण भूमिका खेल्न्ने अपेक्षा गरिएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *