राप्रपाले बुझायो सम्पत्ति शुद्धीकरण विभागमा ज्ञापनपत्र, उच्च पदस्थको सम्पत्ति छानबिनको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वि.सं २०४६ साल यताका सबै उच्च पदस्थ नेता तथा कर्मचारीको सम्पत्ति छानबिन माग गर्दै सम्पत्ति शुद्धीकरण तथा अनुसन्धान विभागमा पनि ज्ञापन पत्र बुझाएको छ ।

यसअघि शुक्रबार नै राप्रपाले नयाँ पुराना सबै भ्रष्टाचार काण्डको छानबिन माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ज्ञापनपत्र बुझाएको थियो ।

शुक्रबार दिउँसो राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वकाे प्रतिनिधिमण्डल सम्पत्ति शुद्धीकरण विभाग पुगेर विभागका महानिर्देशक सुमन दाहाललाई मागपत्र बुझाएको छ ।

उक्त टोलीले ०४६ यताका सबै उच्च पदस्थ नेता, कर्मचारी र उनीहरुका आफन्तहरुको समेत सम्पत्ति शुद्धीकरणका विषयमा छानबिन माग गरेको हो ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *