बढ्यो श्रमिकको न्यूनतम तलब, १९ हजार ५५० रुपैयाँ पुग्यो

काठमाडौं । सरकारले देशभरका श्रमिकको न्यूनतम तलबमा वृद्धि गर्दै साउन १ गतेदेखि लागू हुने गरी मासिक पारिश्रमिक १९ हजार ५५० रुपैयाँ पुर्‍याएको छ । सरकारले रोजगारदाता र ट्रेड युनियनबीचको त्रिपक्षीय सहमतिका आधारमा नयाँ पारिश्रमिक संरचना सार्वजनिक गरेको हो।

नयाँ संरचनाअनुसार श्रमिकको मासिक तलबमा १२ हजार १७० रुपैयाँ आधारभूत तलब र ७ हजार ३८० रुपैयाँ महँगी भत्ता समावेश गरिएको छ। यसअघि १७ हजार ३०० रुपैयाँ रहेको न्यूनतम तलबमा २ हजार २५० रुपैयाँको वृद्धि गरिएको हो ।

यसअघि प्रतिघण्टाको न्यूनतम तलब ८९ रुपैयाँ थियो, जुन अब बढाएर १०१ रुपैयाँ पुर्‍याइएको छ । यसमध्ये ६३ रुपैयाँ आधारभूत र ३८ रुपैयाँ महँगी भत्ता तोकिएको छ ।

दैनिक ज्यालादारी श्रमिकको पारिश्रमिक पनि समायोजन गरिएको छ । अब न्यूनतम दैनिक ज्याला ७५४ रुपैयाँ हुनेछ, जसमा ४७० रुपैयाँ आधारभूत र २८४ रुपैयाँ महँगी भत्ता समावेश छ ।

नयाँ दरअनुसार प्रतिघण्टाको पारिश्रमिक १०१ रुपैयाँ कायम गरिएको छ भने आंशिक समय काम गर्ने श्रमिकको हकमा प्रतिघण्टा १०७ रुपैयाँ न्यूनतम पारिश्रमिक हुनेछ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *