फैसला कार्यान्वयन निर्देशनालयले भन्यो – विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउनु

काठमाडौँ । विदेशमा रहेका नेपाली नागरिकहरूलाई मतदानमा सहभागी गराउन फैसला कार्यान्वयन निर्देशनालयले पुन: निर्वाचन आयोगलाई ताकेता गरेको छ । जसमाआगामी निर्वाचन सम्ममा विदेशमा रहेका नेपाली नागरिकहरूलाई मतदानमा सहभागी गराउन निर्देशनात्मक आदेश गरिएको छ ।

सर्वोच्च अदालतले २०७४ चैत्र ७ गते नै विदेशमा रहेका नेपालीहरुलाई निर्वाचनमा सहभागी गराउने आदेश गरेपनि उक्त आदेश कार्यान्वयन नभएपछि बिहीबार निर्देशनालयले पुन:निर्वाचन आयोगलाई ताकेता गरेको हो ।

‘विदेशमा रहेका नागरिकहरूलाई मतदानमा भाग लिन सक्ने अवस्थाको सृजना गर्ने प्रयोजनार्थ विदेशमा रहेका नागरिकहरूको वास्तविक लगत सङ्कलन गर्न दर्ता प्रक्रिया अविलम्ब सुरु गरी आउँदो निर्वाचन सम्ममा विदेशमा रहेका नेपाली नागरिकहरूले मतदानमा सहभागी हुन सक्ने वातावरण मिलाउनू,सर्वोच्च अदालत फैसला कार्यान्वयन निर्देशनालयले आदेश कार्यान्वयन गर्ने सम्बन्धमा ताकेता गर्दै भनेको छ,’अतः सम्मानित सर्वोच्च अदालतको मिति २०७४/१२/०७ मा भएको उक्त आदेश कार्यान्वयनको सन्दर्भमा ताँहा निर्वाचन आयोगबाट प्रेषित च.न. २३९ मिति २०८२/०३/१० को पत्रमा निर्वाचन व्यवस्थापन विधेयक, २०८० व्यवस्थापिका संसदमा पेस गर्ने प्रयोजनको लागि नेपाल सरकार गृह मन्त्रालय समक्ष पेस गरिएको भनिएकोमा उक्त विधेयक हाल के कुन अवस्थामा छ सोको प्रगति विवरण सहितको जानकारी यथाशीघ्न यस निर्देशनालयमा पठाउन हुन निर्देशानुसार अनुरोध गरिन्छ ।’

उक्त आदेश हालसम्म कार्यान्वयन नभएकोले यथाशीघ्न कार्यान्वयन गरी पाउँ भनी अधिवक्ता यज्ञमणी न्यौपाने आज निर्देशनालयमा निवेदन दर्ता गराएका थिए ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *