काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नेपाल बैंकर्स संघलाई सम्मान गरेको छ।
केन्द्रीय अनुसन्धानब्युरोको १५ औँ स्थापना दिवसको अवसरमा बिहीबार नक्साल स्थित प्रहरी प्रधान कार्यालयमाआयोजित कार्यक्रममा अपराध अनुसन्धान कार्यमा नेपाल वैंकर्स संघले पुर्याएको महत्वपूर्ण सहयोग को प्रशंसा गर्दै संघलाई सम्मानित गरिएको हो।
संघको योगदानको उच्च सम्मान गर्दै प्रहरी महानिरीक्षक दीपक थापाले संघका अध्यक्ष सन्तोष कोईरालालाई सम्मान पत्र प्रदान गरेका हुन्। साथै, सीआईबीका प्रमुख तथा प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्र कुबेर खापुंगले संघ तथा अध्यक्ष सन्तोष कोईरालाप्रति सम्मान व्यक्त गर्दै संघको प्रगतिको कामनासहित आभार प्रकट गरेका छन्।
Artha Sanjal







