बीमा प्राधिकरणका अध्यक्षमाथि छानबिन समिति गठन

काठमाडौं । अख्तियारबाट सूचना चुहिएपछि बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाको योग्यतामाथि छानबिन गर्न सरकारले तीन सदस्यीय समिति गठन गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावमा सोमबारको मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश कृष्ण गिरीको नेतृत्वमा छानबिन समिति गठन गरेको हो । समितिमा कपिलदेव ओली र जीवनप्रकाश सिटौला सदस्य छन् ।

ओझाको नियुक्ति गैरकानुनी भएको भन्दै सर्वोच्चमा रिट परेका र अख्तियारमा उजुरी दर्ता भएसँगै अनुसन्धान तीव्र बनेको थियो । सरकारले ओझालाई निलम्बन गरी अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेललाई कार्यवाहक अध्यक्ष तोकेको छ ।

बीमा ऐन, २०७९ अनुसार अध्यक्ष पदमुक्त गर्न पूर्वन्यायाधीशको नेतृत्वमा समिति गठन गर्नुपर्ने व्यवस्था छ । समितिले तीन महिनाभित्र प्रतिवेदन बुझाउनेछ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *