काठमाडौं । कामना सेवा विकास बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पशुपति क्षेत्र विकास कोषलाई ५००० थान जुत्ता झोला र १००० थान टोकन हस्तान्तरण गरेको छ ।
पशुपतिनाथ मन्दिरको दर्शन गर्ने भक्तजनहरुको जुत्ता र चप्पललाई सुरक्षित र व्यवस्थित रुपमा राख्नको लागि उक्त झोलाहरु र टोकनहरु हस्तान्तरण गरिएको हो ।
बैंकका कर्जा प्रशासन विभाग प्रमुख पर्मा ढुङ्गेलले पशुपति क्षेत्र विकास कोषका निमित्त सदस्य सचिव सुभाष चन्द्र जोशीलाई हस्तान्तरण कार्यक्रममा उक्त जुत्ता झोला र टोकनहरु हस्तान्तरण गरेका थिए ।
आउदै गरेको श्रावण महिनामा पशुपतीनाथको दर्शन गर्न आउने भक्तजनको भिड अत्याधिक हुने र भक्तजनहरुको जुत्ता चप्पल राख्नको लागि झोलाको अभाव हुने भएको र बैंकले उपलव्ध गराएको झोला तथा टोकनले जुत्ता चप्पल व्यवस्थापनमा सहयोग पुग्ने निमित्त सदस्य सचिव जोशीले बताए।
उक्त कार्यक्रममा बैंकका कर्जा प्रशासन विभाग प्रमुख पर्मा ढुङ्गेलले देशभर १३० वटा शाखावाट अत्याधुनिक बैंकिङ सेवा दिदै आईरहेको बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विभिन्न कार्यक्रम गरिरहेको र पशुपति क्षेत्र विकास कोषलाई उक्त झोला र टोकन हस्तान्तरण गर्ने अवसर प्रदान गरेकोमा कोषलाई धन्यवाद ज्ञापन गरे।
Artha Sanjal






