प्रथम चाँंगुनारायण ह्वीलचियर बास्केटबलमा त्रिभुवन आर्मी क्लब प्रथम

नेपाल स्पाइनल कर्ड इन्जुरी खेलकुद संघको आयोजना भएको प्रथम चाँगुनारायण ह्वीलचियर बास्केटबल प्रतियोगिताकाे पुरुषतर्फ त्रिभुवन आर्मी क्लब प्रथम भएकाे छ ।प्रतियोगितामा एनएससीईएनएन दाेस्राे र वीआईए तेस्राे भएका छन् ।

यस्तै, महिलातर्फको प्रतियोगितामा डब्लुडब्लुबीए प्रथम, एनएससीईएसए दाेस्राे र बीआईए तेस्राे भएका छन् । प्रतियोगिताका विजयी टिमलाई चाँगुनारायण नगरपालिकाका उपमेयर बीना बाँस्तोलाले नगद, शिल्ड तथा प्रमाणपत्र प्रदान गरिन् । प्रतियोगितामा पुरुषतर्फ सात टिम र महिलातर्फ चार टिम सहभागी थिए ।

चाँगुनारायण नगरपालिकाको सहयोगमा भएको उक्त कार्यक्रमका लागि नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँगुनारायण भक्तपुरले सहयोग गरेको थियो । नेकले बास्केट बल कोर्ट, खानेपानीलगायतका आवश्यक सम्पूर्ण सहयाेग गरेको थियो ।

यसअघि प्रतियोगिताको उद्घाटन चाँगुनारायण नगरपालिकाका प्रमुख सोम मिश्रले गरेका थिए । उद्घाटन कार्यक्रममा चाँगुनारायण नगरपालिका उपप्रमुख बीना बाँस्तोला र नेपाल इन्जिनियरिङ्ग कलेजका प्राचार्य हरिकृष्ण श्रेष्ठ बिशेष अतिथिका रुपमा रहेका थिए ।

साथै, अतिथिहरूमा अपाङ्गता भएका महिलाहरूको महासंघकी अध्यक्ष निर्मला धिताल, नेपाल महिला संघका महासचिव मिना पौडेल, मेरुदण्ड पक्षघात समूहका महासचिव केशव थापा, स्पाइनल इन्जुरी पुनर्स्थापना केन्द्रका काउन्सुलर ऋषि ढकाल, नेपाल स्पाइनल कर्ड इन्जुरी खेलकुद संघका निवर्तमान अध्यक्ष बाबुराम मिश्र, सैनिक पुनर्स्थापना केन्द्र स्वयम्भूका सेनानी (मेजर) सुरजराज सिमखडालगायत थिए ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *