कांग्रेस–एमाले गठबन्धन सरकारको एक वर्ष पूरा, उपलब्धि शून्य

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नेपाली कांग्रेस र एमालेको संयुक्त गठबन्धन सरकार बनेको सोमबार एक वर्ष पूरा भएको छ ।

संसदमा दुई ठूला दल कांग्रेस र एमालेबीच २०८१ साल असार १७ गते मध्यरातमा सात बुँदे सहमति भएसँगै ओली गत वर्षको असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

सरकार गठन अघि दुई दलबीच भएको सहमतिअनुसार संविधान संशोधन, सुशासन र स्थायित्वलाई प्राथमिकताका साथ उठाइएको थियो । तर, सरकार गठनको एक वर्ष पूरा हुँदासमेत संविधान संशोधनका लागि कार्यदल समेत नबनेको भन्दै सत्तारूढ दलभित्रै असन्तुष्टि बढ्दै गएको छ ।

यस्तै, सरकार प्रतिवद्धता पूरा गर्न असफल भएको भन्दै तीव्र आलोचना हुँदै आएको छ । सात बुँदे सहमतिमा दुई दलले संविधान संशोधनलाई मुख्य राजनीतिक एजेन्डा बनाएका थिए ।

तर, एक वर्ष बितिसक्दा पनि संविधान संशोधनको सवालमा सरकार तथा सत्तारुढ दलले कार्यदलसमेत बनाउन सकेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *