काठमाडौं । नबिल बैंक लिमिटेडले ८ वर्षे अवधिको ऋणपत्र साउन ६ गतेदेखि निष्कासन गर्ने भएको छ । यो ऋणपत्रका लगानी गर्नेले वार्षिक ७ प्रतिशत ब्याज पाउने बैंकले जनाएको छ।
‘७ प्रतिशत नबिल डिबेन्चर २०८९’ नामक यस ऋणपत्रमा सर्वसाधारणले छिटोमा साउन ९ गतेसम्म र ढिलोमा २० गतेसम्म आवेदन दिन सक्नेछन् । यसमा अनलाइन प्रणाली मेरो सेयरमार्फत् आवेदन दिन सकिनेछ ।
यसको बिक्री प्रवन्धकमा एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ ।
Artha Sanjal






