विमानस्थलका कर्मचारीले यात्रुलाई ‘ह्याभ अ नाइस जर्नी’ भन्नुपर्ने

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत अध्यागमन कर्मचारीका लागि अबदेखि विशेष नैतिक संहिता लागू गरिएको छ।

विमानस्थलमा कार्यरत अध्यागमन कर्मचारीलाई यात्रुप्रति शिष्ट, सम्मानजनक र सौहार्दपूर्ण व्यवहार गर्न कार्यालयले निर्देशन दिएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कर्मचारीलाई कानुन, सामाजिक/सांस्कृति मूल्यप्रति जिम्मेवार र संवेदनशील बन्न समेत निर्देशन दिएको छ ।

‘कर्मचारीको असल व्यक्तिगत, पदीय एवं पेशागत आचरण र व्यवहारका माध्यमबाट आम नागरिकले अनुभूति गर्ने गरी सेवा प्रवाहलाई थप छिटोछरितो, निष्पक्ष, पारदर्शी बनाउन नैतिक संहिता (कोड अफ इथिक्स) लागू गरिएको कार्यालयले जनाएको छ ।

संहिताअनुसार विमानस्थलमा कार्यरत अध्यागमनका कर्मचारीले प्रस्थान गर्ने यात्रुलाई कम्तिमा ‘ह्याभ अ नाइस जर्नी’ भन्नुपर्ने छ ।

यस्तै वाह्य मुलुकबाट नेपाल भित्रिनेलाई कम्तिमा ‘वेलकम इन नेपाल’, ‘ह्याभ अ नाइस डे’ भन्नुपर्ने, थोरै र आवश्यक प्रश्नहरु मात्रै गर्नुपर्ने, खाडी मुलुकहरु लगायतमा श्रम/काम गर्न प्रस्थान गर्नेहरुसँग सम्मानजनक शब्दहरु प्रयोग गर्नुपर्ने कार्यालयले जारी गरेको संहितामा उल्लेख छ ।

रुखो व्यवहार गर्न नगर्ने, बोली वचनमा मिठासपन देखाउनेपर्ने जस्ता अनुशासन पालनाका कुरा समेत कार्यालयले लागू गरेको संहितामा समेटिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमाननस्थल देशकै मुहार झल्कने ठाउँ भन्दै कार्यालयले पर्यटकहरुसँगको बोलीबचन र हाउभाउले आत्मियता प्रदान गर्ने लगायतका विषय संहितामा उल्लेख छ ।

 

 

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *