काठमाडौं महानगरको २५ अर्ब ११ करोडको बजेट सीमा निर्धारण

काठमाडौं । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि कुल २५ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट सीमा निर्धारण गरेको छ । महानगरपालिकाको राजस्व परामर्श समितिको आज बसेको बैठकले उक्त बजेट सीमा तय गरेको हो ।

महानगर प्रमुख बालेन्द्र साह (बालेन)को अध्यक्षतामा काठमाडौं प्लाजामा बसेको बैठकमा राजस्व परामर्श समितिका सदस्यहरू, महानगरका उच्च अधिकारीहरू र सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति थियो।

बैठकमा प्रमुख साहले आगामी बजेट जनचाहना अनुरूप तयार पार्न निर्देशन दिँदै, विशेषगरी पूर्वाधार विकासतर्फ थप बजेट विनियोजन गर्नुपर्नेमा जोड दिए। उनले भने, ‘जनताको चाहनालाई प्राथमिकता दिँदै पूर्वाधार निर्माण, सडक विस्तार, ढल तथा खानेपानी व्यवस्थापन लगायतका क्षेत्रमा ठोस काम गर्ने गरी बजेट निर्माण गरिनुपर्छ।’

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *