काठमाडौं । नबिल बैंक लिमिटेडले ३ अर्ब रुपैयाँ बराबरको ३० लाख इकाई ऋणपत्र जारी गर्ने भएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा सो परिमाणको ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको हो । वार्षिक ८ प्रतिशत ब्याजदर दिने जनाएको छ।
कुल ३० लाख इकाई ऋणपत्रमध्ये १२ लाख इकाईमा सर्वसाधारणले आवेदन दिन पाउनेछन् भने १८ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।
बैंकले ८ वर्ष अवधिको ‘८% नबिल बैंक डिबेन्चर २०८९’ नाममा ऋणपत्र जारी गर्न लागेको हो। यसमा बिक्री प्रबन्धकको काम नेपाल एसबीआइ मर्चेन्ट बैंकिङ लिमिटेडले गर्नेछ ।







