त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खादा, माला र पहिचान खुल्ने पोसाक लगाउन राेक

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खादा, माला तथा पहिचान खुल्ने पोसाक लगाउन राेक लगाइएको छ ।

विमानस्थल अध्यागमन कार्यालयले सूचना जारी गर्दै विमानस्थलको अध्यागमन क्षेत्र संवेदनशील र सुरक्षात्मक हुने भएकाले ती सामग्री प्रयोगमा प्रतिबन्ध लगाइएको जनाएको छ ।

यो नियम सम्पूर्ण यात्रु, ट्राभल एजेन्सी तथा म्यानपावर कम्पनीका लागि लागू हुने कार्यालयले स्पष्ट पारेको छ ।

अध्यागमन क्षेत्र वा डेस्क वा काउन्टरमा रहँदा वा अध्यागमन प्रक्रियामा सहभागी हुँदा कुनै पनि प्रकारका खादा, माला वा सोही प्रकृतिको अन्य सजावटी वस्तु (एक्सेसोरिज) प्रयोग गर्न नपाइने कार्यालयले जनाएको छ । यी वस्तुले अध्यागमन प्रशासनको कार्यमा हुन सक्ने सम्भावित जोखिम र अनावश्यक ढिलाइ गराउन सक्ने भएकाले प्रतिबन्ध लगाइएको सूचनामा उल्लेख छ ।

यसैगरी कुनै विशेष समूह, संगठन, ट्राभल एजेन्सी वा मेनपावर कम्पनीको परिचय वा आबद्धता झल्काउने किसिमका पहिरन, टोपी, ब्याच वा अन्य कुनै पहिचानजन्य वस्तुको प्रयोगमा पनि पूर्ण रुपमा प्रतिबन्ध लगाइएको छ । यस्ता पहिरनले कुनै यात्रुलाई विशेष व्यवहार गरिएको भान पर्न सक्ने वा सुरक्षा संवेदनशीलतामा प्रश्न उठ्न सक्ने भएकाले सबैलाई समान व्यवहार सुनिश्चितता गर्न यो नियम लागू गरिएको कार्यालयले जनाएको छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *