काठमाडौं । नेपाल उद्योग परिसंघको २२औं वार्षिक साधारण सभाले वीरेन्द्रराज पाण्डेलाई नयाँ अध्यक्षमा चयन गरेको छ। परिसंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष रहेका पाण्डे स्वतः अध्यक्षमा नियुक्त भएका हुन्।
पाण्डे सिभिल इन्जिनियरिङ, आवास तथा शहरी विकास, सडक तथा पुल निर्माण, जलस्रोत व्यवस्थापनलगायत क्षेत्रका अनुभवी व्यवसायी हुन्। हाल उनी नेपाल आदर्श निर्माण कम्पनीका कार्यकारी निर्देशकका रूपमा कार्यरत छन्। पाण्डेले पदभार ग्रहण गर्दै परिसंघको विगतका उपलब्धिहरूलाई संस्थागत गर्दै नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता जनाए।
परिसंघको राष्ट्रिय परिषद्का लागि विभिन्न व्यवसायी निर्वाचित भएका छन्। सदस्यमा गोपाल कुमार अग्रवाल, मिलन बाबु मल्ल, राहुल कुमार अग्रवाल, वरुण कुमार तोडी, हितेश गोल्छा, विकास दुगड, विदुषी राणा, लक्ष्मी सुवेदी, मनिष खेम्का लगायत अन्य व्यवसायी समावेश छन्।
प्रदेश प्रतिनिधित्वका आधारमा पनि सदस्य चयन गरिएको छ। कोशीबाट भीम घिमिरे, मधेशबाट प्रमोद साह, बागमतीबाट लेखराज पोखरेल, गण्डकीबाट विनोद न्यौपाने, लुम्बिनीबाट एजाज आलम, कर्णालीबाट छत्र शाही, र सुदूरपश्चिमबाट रमणचन्द्र श्रेष्ठ राष्ट्रिय परिषद सदस्यमा चयन भएका छन्।
राष्ट्रिय परिषद्ले सात जना उपाध्यक्ष सर्वसम्मत रूपमा चयन गरेको छ। निर्वाचित उपाध्यक्षहरूमा राजबहादुर शाह, हेम राज ढकाल, रोहित गुप्ता, अमित मोर, भीम घिमिरे, गोकुल भण्डारी, र वरिष्ठ उपाध्यक्षमा निर्वाण चौधरी चयन भएका छन्।
त्यसैगरी, स्थायी आमन्त्रित सदस्यका रूपमा सन्दिप शारडा, विदूषी राणा र प्राची अग्रवाललाई मनोनयन गरिएको छ।







