गत आर्थिक वर्षको अन्त्य, अर्थात् अघिल्लो असार मसान्तमा यो कर्जा ९० अर्ब ९ करोड ३२ लाख रुपैयाँ रहेको थियो। सोही आधारमा ११ महिनाको अवधिमा ३८ अर्ब ५७ करोड ७८ लाख रुपैयाँ थपिएको हो, जसले ४२.८ प्रतिशतको वृद्धिदर देखाएको छ। विश्लेषकहरूका अनुसार, सेयर बजारमा लगानीकर्ताको सक्रियता र बैंकहरूद्वारा सेयर धितो कर्जाप्रति देखाइएको सकारात्मक रणनीति यस वृद्धिको प्रमुख कारण हुन्।
राष्ट्र बैंकको तथ्यांकअनुसार, १ करोड रुपैयाँभन्दा माथिको सेयर धितो कर्जामा सबैभन्दा धेरै वृद्धि देखिएको छ। गत आर्थिक बर्षको असारसम्ममा ५५ अर्ब ९३ करोड २ लाख रहेकोमा चालु आर्थिक बर्षको जेठ मसान्तसम्म ८८ अर्ब ४२ करोड ७ लाख पुगेको छ। यो वृद्धिदर ५८.१ प्रतिशत हो।
यसले ठूला लगानीकर्ताहरूले सेयर बजारमा झनै आक्रामक रूपमा कर्जा लिएका छन् भन्ने देखाएको छ।
त्यसैगरी यस अवधीमा मझौला कर्जामा पनि उल्लेख्य विस्तार भएको छ।
५० लाख देखि १ करोड सम्मका कर्जामा गत असार मसान्तसम्ममा १२ अर्ब ४२ करोड ७७ लाख कर्जा विस्तार भएकोमा चालु आवको जेठ मसान्तमा १५ अर्ब ३० करोड २ लाख पुगेको छ । जुन वृद्धि २३.१ प्रतिशत हो।
त्यस्तै , २५ लाख देखि ५० लाख सम्मका कर्जामा गत असार मसान्तसम्ममा १४ अर्ब ४२ करोड ३१ लाख भएकोमा यश बर्ष जेठ मसान्तसम्ममा १६ अर्ब ८७ करोड ५० लाख बिस्तार भएको छ। जुन वृद्धि १७ प्रतिशत हो।
त्यसैगरि २५ लाखसम्मको कर्जामा गत असार मसान्तसम्ममा ७ अर्ब ३१ करोड २३ लाख रहेकोमा चालु आवको जेठ मसान्तसम्ममा ८ अर्ब ७ करोड ५१ लाख रुपैयाँ पुगेको छ। यो वृद्धि १०.४ प्रतिशत हो।





