राप्रपा प्रवक्ताको जिम्मेवारीबाट लावती पदमुक्त

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रवक्ताको जिम्मेवारीबाट सगुनसुन्दर लावतीलाई पदमुक्त गरेको छ ।

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले लावतीलाई पदमुक्त गरेको प्रचार विभाग प्रमुख एवं प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

पार्टीका एक नेताका अनुसार, उनले पार्टीका हित विपरीत गतिविधि गरेको पाइएपछि अध्यक्ष लिङ्देनले प्रवक्ताको जिम्मेवारीबाट हटाएका हुन् ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *