रसुवागढी बाढीकाे क्षतिबारे गृहमन्त्रीले संसद्लाई गराए जानकारी

काठमाडौं । गृहमन्त्री रमेश लेखकले मंगलबार बिहान रसुवागढीमा आएको बाढीले पुर्‍याएको जनधनको क्षतिबारे संसद् बैठकलाई जानकारी गराएका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री लेखकले यसबारे जानकारी गराएका हुन् ।

उनले नेपाल-चीन सीमा क्षेत्रमा बग्ने लेन्दे खोला हुँदै भोटेकोसीमा आएको भीषण बाढीका कारण रसुवागढीमा ठूलो मात्रामा मानवीय र भौतिक क्षति भएको बताए ।

घटनामा भएको क्षतिको विवरण र खोज उद्धार राहत तथा पुनर्निर्माण गरिने कार्यहरूबारे अवगत गराउँदै लेखकले भने, ‘उक्त घटनामा हालसम्म २ जना नेपाल प्रहरी, ११ जना सर्वसाधारण नेपाली र ६ जना चिनियाँ नागरिकसहित १९ जना बेपत्ता भएको अवस्था छ । हालसम्म धादिङस्थित धादिङ क्षेत्रको त्रिशूली किनारमा नाम वतन नखुलेका २ शव फेला परेको छ ।’

उनले भौतिक क्षतिको पनि विवरण सुनाए । ‘मितेरी पुल बगाएको, आवतजावत पूर्ण रुपमा बन्द भएको, बाढीका कारण स्याफ्रुवेसीदेखि टीमुरेसम्मको सडक अवरुद्ध भएको छ’, मन्त्री लेखकले भने, ‘सवारी साधनतर्फ सुख्खा बन्दरगाह भन्सार २३ ट्रक, ३५ विद्युतीय गाडी र ६ वटा सिनो ट्रक बगाएको । रसुवागढी हाइड्रो र त्रिशूली थ्रीडी बगाएको । संयुक्त जाँच चौकी पनि क्षतिग्रस्त भएको । त्यसमा रहेका साधन समेत बगाएको । ३० जनाको हवाई उद्धार गरेको छ ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *