भारत । भारतको गुजरात राज्यमा एक डरलाग्दो दुर्घटना भएको छ। गुजरातमा ४३ वर्ष पुरानो पुल भत्किँदा ९ जनाको मृत्यु भएको छ भने कयौं बेपत्ता छन्।
घटनास्थलमा उद्धार कार्य जारी छ। प्रहरीले जनाएअनुसार पुलको संरचना निकै जीर्ण भइसकेको थियो र यसअघि नै मर्मतको आवश्यकता थियो भन्ने रिपोर्टहरू आएका थिए।
दुर्घटनास्थलमा स्थानीय प्रशासन, उद्धार टोली, एम्बुलेन्स र दमकल परिचालन गरिएको छ।
घाइतेहरूको अवस्था गम्भीर रहेको र नजिकैका अस्पतालहरूमा उपचार भइरहेको जनाइएको छ।
Artha Sanjal







