कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडाैं । कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ ।

बैंकले एक सूचना जारी गर्दै ४० हजार ३३० कित्ता संस्थापक सेयर आजदेखि बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखेको हो ।

यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र काठमाण्डौको ज्ञानेश्वरमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिईसक्नु पर्ने बैंकले जनाएकाे छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *