काठमाडौं । विकास हाइड्रोपावर लिमिटेडको आईपीओमा अन्तिम समयसम्म २ अर्ब ५६ करोड २७ लाख ११ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार अन्तिम दिन अर्थात आइतबार साँझ ५ः०७ बजेसम्ममा २१ लाख २० हजार ८५७ जनाले २ करोड ५६ लाख २७ हजार ११० कित्ताका लागि आवेदन दिएका छन् ।
कम्पनीले बुधबार (असार १८ गते) देखि सर्वसाधारणका लागि २९ लाख ४२ हजार ७६० कित्ता सेयर निष्कासन गरेको थियो । कम्पनीले यसअघि ९ लाख ९ हजार १०१ कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र ३ लाख ५४ हजार ५५० कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरिरहेका नेपालीहरुका लागि बाँडफाँट गरिसकेको छ ।
Artha Sanjal






