सीजी इलेक्ट्रोनिक्सद्वारा क्यूएलईडी काराओके टेलिभिजन सार्वजनिक

काठमाडौं । चौधरी समूहअन्तर्गतको सीजी इलेक्ट्रोनिक्सले सीजी मिरिडिया ५५ इन्चको काराओके क्यूएलईडी टिभी सार्वजनिक गरेको छ । नेपाली बजारमा पहिलोपटक डिस्प्ले विथ बिल्ट इन काराओके इन्टरनेन्टमेन्ट एकैसाथ ल्याएको छ ।

सीजी इलेक्ट्रोनिक्सले ‘लेभल अप’ अभियानअन्तर्गत सार्वजनिक गरेको उक्त उत्पादनलाई कम्पनीले नेपाली मनोरञ्जन संस्कृतिमा नयाँ अध्यायको रूपमा प्रस्तुत गरेको छ । ‘सेक्रेट रकस्टार अब तपाईंको घरमै’ भन्ने नारासहित बजारमा ल्याइएको टेलिभिजनले प्रयोगकर्तालाई टेलिभिजन हेर्ने मात्र नभई गाउने, रमाउने र आफ्नै प्रस्तुति दिने अवसरसमेत दिनेछ ।

टेलिभिजनमा क्वान्टम डट (Quantum Dot) प्रविधिसँग युक्त क्यूएलईडी प्लस फाेरके युएचडी (QLED + 4K UHD) डिस्प्ले, एचडीआरटेनप्लस (HDR10+) सपोर्ट, एन्टी-ग्लेयर स्क्रिन, र झिनो बेजलसहितको अनन्त स्क्रिन डिजाइन समावेश गरिएको छ ।

क्यूएलईडी काराओके टिभी देशभरका सीजी डिजिटल सोरुम र देशभरका आधिकारिक बिक्रेताहरुकोमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *